SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

निर्माण क्षेत्रको मागप्रति मन्त्री सकारात्मक

काठमाडौं :  नेपाल निर्माण व्यवसायी महासंघले एकवर्षे ठेक्काहरूको भुक्तानी सुनिश्चित गर्दै आगामी २०८४ साल असार मसान्तसम्म एकमुष्ठ म्याद थप गर्न सरकारसमक्ष विशेष जोड दिएको छ। महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’को नेतृत्वमा पूर्व अध्यक्षहरूसमेत सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई भेटेर निर्माण क्षेत्रका समसामयिक र विकराल समस्याहरूबारे ध्यानाकर्षण गराएका छन्।