SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

विश्वकप डेब्यूटेन्ट जोर्डनमाथि अस्ट्रियाको जित

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को दोस्रो खेलमा डेब्यूटेन्ट जोर्डनमाथि अस्ट्रियाले ३–१ को जित दर्ता गरेको छ। सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलको पहिलो हाफमा अस्ट्रियाले जोर्डनविरुद्ध १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा २ गोल थप्दै अस्ट्रियाले ३ अंक जोड्यो। खेलको २१ औं मिनेटमा अस्ट्रियाले गोल गरेको हो। अस्ट्रियाका लागि रोमानो स्मिडले गोल गरेका हुन्। उनले लामो दुरीबाट हानेको प्रहार गोल भएको हो।