आरेन राईको प्रश्न : एउटै आन्दोलनमा सहभागी कोही सांसद–मन्त्री, कोही कारागारमा बस्नु पर्ने ?
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले देशको माटो बचाउने कुरामा सत्ता र प्रतिपक्ष भन्ने नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिका बारेमा संसदमा आएर जवाफ दिनै पर्ने बताएका छन् ।उनले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका राजनीतिक घटना क्रम र राजनीतिक आन्दोलनहरुलाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
