मुद्दा कमजोर बनाएको भन्दै सरकारी वकिल कार्यालय घेराउ
प्यूठान : नौबहिनी गाउँपालिका–६ लुङमा भिरबाट लडेर युवकको मृत्यु भएको बिषयलाई लिएर आफन्तले सरकारी वलिक कार्यालय अगाडि प्रदर्शन तथा कार्यालय घेराउ गरेका छ्न । दुई दिनदेखि उनीहरुले प्रदर्शन गरिरहेका छन् । गत जेठ ३ गते स्थानीयबीच विवाद हुँदा भागदौडको क्रममा १९ वर्षीय मधु सुनारको ज्यान गएको थियो । हत्या प्रकरणमा मुद्दा चल्नुपर्ने आफन्तको माग छ ।प्रहरीले हत्या अभियोजन गरे पनि सरकारी वकिल कार्यालयले भवितव्य अन्तर्गत मुद्दा अघि बढाएको स्रोतले जनाएको छ ।
