सम्पत्ति शुद्धीकरण विभागलाई देउवा दम्पतीको पत्र : ‘साउन २८ भित्र नेपाल फर्किन्छौं’
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन्।स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
