४० वर्षीय गोलरक्षकको जोस
एटलान्टा : अमेरिकाको एटलान्टास्थित एटलान्टा रंगशालामा पूर्वविश्व विजेता स्पेन र कोप भर्डेबीचको खेल सकिएपछि विश्वक फुटबलले नयाँ स्टार पायो, भोजिन्हा। उमेरले चार दशक पार गरिसकेका उनले स्पेनजस्तो विश्वकपको उपाधि दावेदार टोलीसँग गरेको सानदार प्रदर्शनपछि एकाएक चर्चाको शिखरमा पुगे। विश्वकपकै पहिलो खेल र उपाधि दावेदार स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि उनी विश्वभर चर्चाको पात्र बन्न सफल भए। स्पेनसँगको विश्वकप फुटबलको पहिलो खेलमा भोजिन्हा पर्खालजस्तै खडा भएका थिए।
