चीनको आशंका, नेपालको आश्वासन
परराष्ट्रमन्त्री शिशिर खनालले अहिले गरेको चीन भ्रमणलाई सामान्य कूटनीतिक कार्यक्रमका रूपमा मात्र हेर्न मिल्दैन। नेपालमा राजनीतिक परिवर्तन, दक्षिण एसियामा तीव्र बन्दै गएको शक्ति प्रतिस्पर्धा र चीनका बढ्दो सुरक्षा तथा रणनीतिक चासोका बीच भएको यो भ्रमणले नेपालको वर्तमान परराष्ट्र नीतिको दिशा र प्राथमिकताबारे महत्वपूर्ण संकेत दिएको छ। गत भदौ २३–२४ को हिंसात्मक आन्दोलनपछि नेपालमा बनेको नयाँ राजनीतिक समीकरणले बेइजिङलाई सुरुदेखि नै चासो र केही हदसम्म चिन्तित बनाएको थियो।
