बेइजिङमा नेपाल–चीन उच्चस्तरीय वार्ता
काठमाडौं : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। खनालले चीनको पूर्ण पुनर्एकीकरणलाई नेपालको समर्थन रहने उल्लेख गर्दै नेपाली भूमि चीनको हितविपरीत प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
