छुटे मुस्ताङमा रोकिएका ईभी
काठमाडौं : मुस्ताङमा रोकिएका ६ सय ४९ वटा विद्युतीय गाडी (ईभी) भन्सार नाकाबाट छुटेका छन्। मुस्ताङको कोरला नाकाबाट भन्सार कर छल्ने उद्देश्यले कागजात मिलाएर कार भित्र्याएको आशंकामा ६ सय ४९ गाडी सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराले नियन्त्रणमा लिएको थियो। सो सम्बन्धमा भन्सार विभागले छानबिन टोलीसमेत गठन गरेको थियो। स्थलगत अध्ययनपछि छानबिन टोलीले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएसँगै नाकामा रोकिएका ईभी छुट्न थालेका हुन्।
