SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले चिया पिएको त देखियो, चियाको समस्यामा चासो दिएको देखिएन : निश्कल राई

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो त देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु बन्द अवस्थामा रहेको बताए ।