SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

‘अमेरिकासँगको शान्ति सम्झौता इजरायलले लेबननबाट सेना फिर्ता लिएमा मात्र सम्भव’

इजरायल : इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग हुने सम्भावित शान्ति सम्झौता सफल हुन इजरायलले लेबननमा युद्धका क्रममा कब्जा गरेका क्षेत्रबाट सेना फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने, ‘यस युद्धका क्रममा कब्जा गरिएका लेबननी भूभागबाट इजरायली सेना नहटेसम्म युद्ध पूर्ण रूपमा समाप्त भएको मान्न सकिँदैन ।’ हेजबोल्लाहका एक सञ्चार अधिकारीका अनुसार इरानले आगामी चरणको अमेरिका–इरान वार्तामा लेबननबाट इजरायली सेना फिर्ता गराउने माग उठाउने आश्वासन दिएको छ ।