मल अभावबीच धान रोपाइँ सुरु, यो सिजनमा नआउने
परासी : नवलपरासीमा यस वर्षको धान रोपाइँ सुरु भएको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रका किसानहरुले रोपाइँ थालिसकेका छन् भने केही किसानले बोरिङमार्फत पानीको व्यवस्था गरेर धान रोप्न सुरु गरेका छन् । तर रोपाइँको मुख्य समयमा समेत रासायनिक मलको अभाव कायम रहँदा किसानहरु चिन्तित बनेका छन् । धान खेतीको सुरुआती चरणमै देखिएको मल अभावले किसानलाई थप आर्थिक तथा मानसिक दबाबमा पारेको छ । किसानहरुले तत्काल पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
