मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ। कानसास सिटी स्टेडियममा भएको खेलमा कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई हराएको हो। पहिलो हाफमा लियोनल मेस्सीको गोल मार्फत अर्जेन्टिनाले अग्रता बनाएको थियो। दोस्रो हाफमा मेस्सीले थप २ गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलको पाँचौं मिनेटमा लियोनल मेस्सीले गरेको गोल अफसाइड घोषित भयो।
