SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

अमेरिका-इरान ऐतिहासिक सम्झौता : ३०० अर्ब डलरको लगानी कोष घोषणा

काठमाडौं : अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न र इरानमा ठुलो वैदेशिक लगानी भित्र्याउन ऐतिहासिक सहमती भएको छ । दुई देशबीच तय भएको प्रारम्भिक मार्गचित्र (फ्रेमवर्क) सम्झौताअनुसार इरानको आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलर (करिब ४० हजार अर्ब नेपाली रुपैयाँ) को निजी लगानी कोष स्थापना गरिने भएको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी शुक्रबार दुवै देशले यस सम्झौतामा औपचारिक हस्ताक्षर गर्ने तयारी गरिरहेका छन् ।