मजदुरका आर्तनादसँग समृद्धिको नाता!
नेताज्यू, प्रणाम गरें!’ धने (श्रमिकको काल्पनिक नाम)ले झुकेर दण्डवत् गर्छ। उसका आँखामा आज साँझको छाक टार्न तरकारी किन्ने पैसाको आशा छ। उसको अनुहारमा नेताज्यूबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा राखेको कुरा झल्किन्छ। नेताजीका वरिपरि सुकिलामुकिला र सभ्य पहिरनमा सजिनेहरूकै भिड छ। धनेको प्रणामलाई नेताले नसुनेपछि भिडको बीचबाट धकेलाधकेल गरेर ऊ अघि बढ्छ। फूलको गुच्छा बोकेको उसको दायाँ हात भिडमा माथि उठेको देख्न सकिन्छ।
