SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

एमालेको पुनर्स्थापना कि पुनर्गठन ?

नेकपा एमाले विचार, संगठन, नीति र नेतृत्वको सवालमा बलियो पार्टी हो। तर गत भदौ २३ र २४ गतेको आन्दोलन र फागुन २१ गतेको निर्वाचनको परिणामपश्चात् अहिले कमजोर बन्न पुगेको छ। आमनिर्वाचन सकिएको झन्डै चार महिनापछि बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षाका निम्ति कार्यदल निर्माण गरेको थियो। कार्यदलले बागमती प्रदेशबाट समीक्षा सुरुवात गरेको छ। बागमती प्रदेशबाट आरम्भ भएको निर्वाचन समीक्षाले लिन पर्ने दिशा र दिनुपर्ने सन्देशभन्दा पार्टी नेतृत्वकै बीचमा रेखा कोरिएका सूचना सम्प्रेषण भएका छन्।