पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वमहानिर्देशक गौतमलाई थुनामा पठाइयो
विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा सम्झौताविपरीत ठेकेदारसँग मिलेमतो गरेर तीन अर्ब ६२ करोड कर छुट दिई भ्रष्टाचार गरेको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
