SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा तीन जना पक्राउ

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।