SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

सरकारले बजेट कार्यान्वयनमा सहज हुनेगरी कानूनी व्यवस्था गर्नुपर्दछ: अध्यक्ष राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानुन नै बाधक रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।