SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

उपसमितिको कार्यक्षेत्रबारे छलफल

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमितिको कार्यक्षेत्रका सम्बन्धमा छलफल भएको छ । सिंहदरबारमा मंगलवार बसेको समितिको बैठकमा उपसमितिले सम्पादन गर्ने कार्यहरू र त्यसको क्षेत्राधिकारका विषयमा केन्द्रित रहेर सदस्यहरूबीच छलफल भएको हो ।