SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

बजेट थुपारेर राखेको भन्दै सांसद कँडेलद्वारा विनियोजन प्रणालीमाथि प्रश्न

काठमाडौँ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले अर्थ मन्त्रालयको बजेट विनियोजन र खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि धारणा राख्दै उनले अर्थ मन्त्रालयले बजेट थुपारेर राख्ने तर खर्च गर्न नसक्ने प्रवृत्ति देखाएको भन्दै विनियोजन प्रणालीको पुनरावलोकन गर्न माग गरे ।