SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सिमानाका सम्बन्धमा देखिएका विषयमा संवेदनशील भएर समाधानमा लाग्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।