SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

टरिगाउन् विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउन् विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । वि.सं २०११ मा सञ्चालनमा आएको हो तर यस विमानस्थल सुरुआतदेखि जत्रो थियो, त्योभन्दा ठूलो बनाउन सकिएको छैन । हाल विमानस्थलको लम्बाइ ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला विमानहरू बस्न सक्दैनन् ।