SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।