SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

सेनाले दियो सुदूरका बीस विद्यालयमा सेवादल तालिम

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरुआत भएको छ । सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ ।