संघको १ खर्ब ९ अर्ब अनुदानसहित प्रदे्हरूको नयाँ बजेट
सोमबार सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेट सार्वजनिक गरेका छन्, जसमा सुशासन, पूर्वाधार, कृषि, रोजगारी, स्वास्थ्य र सामाजिक न्यायलाई साझा प्राथमिकतामा राखिएको छ। यस वर्ष संघीय सरकारबाट प्राप्त हुने १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ अनुदान, राजस्व बाँडफाँट, आन्तरिक स्रोत र अघिल्लो वर्षको नगद मौज्दातलाई मुख्य आधार बनाएर प्रदेशहरूले बजेटको आकार तय गरेका छन्।
