SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

अल्जेरियासँगको खेल मेसीका लागि विशेष

काठमाडौं : साविक विजेता अर्जेन्टिनाले बुधबार अल्जेरियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान सुरु गर्दैछ। मिसौरी राज्यस्थित कन्सास रंगशालमा हुने समूह ‘जे’को यो खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे हुनेछ। अर्जेन्टिना इटली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ। अल्जेरियाको लक्ष्य भने आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्नेछ।यो विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औं अनुभव हो।