SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

लुम्बिनीको बजेट: स्वास्थ्य क्षेत्र प्राथमिकतामा

लुम्बिनी । प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा स्वास्थ्य सेवातर्फ प्राथमिकता तोकेर बजेट विनियोजन गरिएको छ । प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि बजेटमा स्वास्थ्य मन्त्रालयको लागि रु पाँच अर्ब ६५ करोड ७२ लाख विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले बताए ।