अमेरिका–इरान युद्ध अन्त्यको आशा
अमेरिका र इरानबीच युद्ध अन्त्यको आशा पलाएको छ। दुई देशबीचको समझदारीपत्र बाहिरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी उपविदेशमन्त्री काजेम गरबाबादीले पनि यसको पुष्टि गरेका छन्। पाकिस्तानी मध्यस्थतामा भएको वार्ताले १४ बुँदे समझदारीको मस्यौदा बनाएको छ। वार्ता र समझदारीका लागि कतारको पनि योगदान रह्यो। समझदारीमा अब स्विट्जरल्यान्डको जेनेभामा असार ५ गते शुक्रबार हस्ताक्षर हुनेछ। अब तत्काललाई युद्ध रोकिनेछ।
