SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

विश्वकपको डेब्यूमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै केप भर्डेले अंक बाँड्यो

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को पहिलो खेलमा केप भर्डे र स्पेनले गोलरहित बराबरी खेलेका छन्। एट्लान्टा स्टेडियममा भएको खेलमा स्पेनको अट्याकलाई केप भर्डेको उत्कृष्ट डिफेन्स र गोलकिपरले गोलरहित बराबरीमा रोकिन बाध्य बनायो। गोलरहित बराबरी खेल्दै यी दुई टोलीले १–१ अंक बाँडेका हुन्। विश्वकपको डेब्यू खेल खेलेको केप भर्डेले सन् २०१० को विश्वविजेतालाई गोलरहित बराबरीमा रोक्दै अंक चोरेको हो। पहिलो विश्वकपमा पहिलो अंकसहित केप भर्डेले विश्वकपको सुरुवात गरेको छ।