SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

३० हजार साउदी रियाल लिएर दुबई उड्न लागेका मगर विमानस्थलमा पक्राउ

काठमाडौं : ३० हजार साउदी रियाल लिएर दुबई जान लागेका युवक विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-१० घर भएका १९ वर्षीय समिर बहादुर मगर रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउदी रियाल ३० हजार उनलाई प्रहरीले पक्राउ गरेको हो।