SHARE
मकालु खबर · सोमबार १ असार २०८३ १२:२० PM · 1 मिनेट पढाइ

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको छ । मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो । विगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहकरुको आगमन भने बढेको छ ।