SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभा : राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरेका छन् । उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन भएको हो ।