SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन् ।