SHARE
मकालु खबर · सोमबार १ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

सामुदायिक वनका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बेचबिखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।