वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपाल बीच उड्डयन क्षेत्र सुदृढीकरण सम्झौता
काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपाल (AOAN) र एरोनटिकल सोसाइटी अफ नेपाल (AeSN) बीच महत्त्वपूर्ण सम्झौताहरू भएको छ । आज वायुसेवा सञ्चालक संघको नेतृत्वमा नेपालको सम्पूर्ण उड्डयन क्षेत्रलाई एकताबद्ध, सुरक्षित, दिगो, नवप्रवर्तनमुखी तथा भविष्यका आवश्यकता र चुनौतीहरू सामना गर्न सक्षम बनाउने उद्देश्यका दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
