SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएका छन् । लोकसेवा आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताए ।