SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।