SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप२०२६ को पहिलो खेल हेर्न मेलबर्नको रंगशालामा उर्लिए अस्ट्रेलियाली फुटबल प्रशंसक

एजेन्सी । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह डी को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले टर्कीको सामना गरिरहँदा उक्त खेलको प्रत्यक्ष प्रसारण हेर्न आइतबार मेलबर्नस्थित एएएमआई पार्कमा अस्ट्रेलियाली फुटबल प्रशंसकहरूको ठूलो घुइँचो लागेको थियो । खेलमा नेस्टोरी इरानकुन्डा र कोनोर मेटकाफले उत्कृष्ट गोल गरेपछि अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्यो।