SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

दुर्व्यवहारले वृद्धवृद्धाको दुर्दशा

जीवन एउटा नदी हो, जो अनेकौं घुम्ती पार गर्दै अन्त्यमा शान्त सागरतर्फ बग्छ। यो सृष्टिको अकाट्य नियम हो। गालाका मुजा र आँखामुनिका काला धर्साहरूमा परिणत हुनु वृद्धावस्थाको संकेत हो। उनै ज्येष्ठ नागरिकहरू हाम्रा इतिहासका जीवित पाना हुन्, अनुभवका जिउँदा संग्रहालय हुन्। तर, आज आधुनिकताको दौडमा लुरुलुरु हिँडिरहेको हाम्रो समाजले तिनै इतिहासका पानाहरूलाई च्यात्न खोज्दै छ।