SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै

सिमकोट । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो ।