SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका-१२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बस्ने ४१ वर्षीय राम बहादुर थिङ र रामेछापको रामेछाप नगरपालिका-३ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ बस्ने ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन्।