SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

कोशीमा भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत

विराटनगर : कोशी प्रदेशसभाबाट भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत भएको छ। मैथिली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै प्रतिपक्षी दलका सांसदले पेस गरेको विधेयक अस्वीकृत भएको हो।प्रतिपक्षी दलले ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पेस गरेका थिए। बिहीबारको प्रदेशसभा बैठकमा उक्त विधेयक पेस भएको थियो। विपक्षीले पेस गरेको विधेयक सत्तापक्षले ह्वीप लगाएर अस्वीकृत गराएको हो। सत्तापक्षले सांसदलाई ह्वीप लगाउनुपर्ने अवस्था थिएन।