SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा पक्राउ गरेको छ । संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गरेको हो ।