फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल
ललितपुर : नेपालकै अग्रणी भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपे ले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड Payment Card Industry Data Security Standard (पीसीआई डीएसएस) को v4.0.1 लेभल १ सर्टिफिकेसन प्राप्त गरेको घोषणा गरेको छ। यो गौरवपूर्ण प्रमाणपत्रले फोनपेले आफ्नो नेटवर्कमार्फत हुने सम्पूर्ण कारोबारहरूमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न गरेको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ।
