दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार
काठमाडौं : रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ। भिजिट भिसामा विदेश जानेहरूमाथि नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरूले नेपाली महिलालाई भारतको बाटबाट लैजान थालेका हुन्। दुबई, कतार, ओमान, कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले महिलाहरूलाई प्रलोभन देखाएर दिल्लीको होटलमा पुर्याएको प्रहरीले जानकारी दिएको छ।
