SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

केटा साथी भेट्न गएकी किशोरीको शंकास्पद मृत्यु

काठमाडौं : सामाजिक सञ्जालमा भेट भएका युवकलाई भेट्न उनकै घर गएकी किशोरीको मृत्यु भएको छ। ललितपुरको इमाडोल बस्ने १८ वर्षीय आर्यन पाण्डेलाई भेट्न पुगेकी ती किशोरी युवककै कोठामा बेहोस भएकी थिइन्। उपचारका लागि उनलाई किष्ट अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नासाथ उनलाई मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार आर्यन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।पाण्डेलाई भेट्न भन्दै ती किशोरी बुधबार दिउँसो १२ बजे युवकको घरमा गएकी थिइन्।