बुधबारदेखि आमाछोरा बेपत्ता
स्याङ्जा : कालीगण्डकी गाउँपालिका-४ बिर्घा चिफलडाँडाकी २७ वर्षीया श्यामकला बस्याल ६ वर्षीय छोरा अरपित पाण्डेसहित बुधबार बिहानदेखि सम्पर्कविहीन भएकी छन्। बुधबार बिहान साढे १० बजे उपचारका लागि मेडिकल जान्छु भनी छोरा च्यापेर हिँडेकी बस्याल बिहीबार साँझसम्म घर फर्केकी छैनन्। न त कुनै खबर नै आएको छ। उनी घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा फेला पर्न नसकेपछि प्रहरीमा निवेदन दर्ता गरिएको छ।
