बौद्धमा गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने
काठमाडौं : बौद्धमा दुई दिने गाईजात्रा तथा रोपाइँ जात्रा अर्थात घोनाई जात्रा मनाइने भएको छ। तामाङ भाषामा रोपाइँ जात्रालाई घोनाई भनिन्छ। बौद्व धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तथा विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा परिसरमा साउन २५ र २६ गते जात्रा मनाइने भएको हो।नेपाल भाषामा गाईजात्रालाई सापारु भनिन्छ। विशेषगरी नेवार समुदायमा वर्षेभरी मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो यो।
