SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

जनमतका उपाध्यक्ष दीपककुमार साहलाई निष्कासित

काठमाडौं : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्यसचिव अनिताकुमारी मण्डलले विज्ञप्ति जारी गरेर सहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको जानकारी दिएको हो।पार्टीको विधानविपरीत विरोधी गतिविधिहरूमा निरन्तर संलग्न रहेको भन्दै साहलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।